सहकारी क्षेत्रलाई छिट्टै कोभिड विरुद्धको खोप उपलव्ध गराइने- मन्त्री खड्का



पोखरा

गण्डकी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले सहकारी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्वा भएकाले यसमा खटिने कर्मचारीहरु कोरोनाको उच्च जोखिममा रहने भन्दै उनीहरुका लागि खोप उपलव्ध गराइने बताए । 

जिल्ला सहकारी संघले सहकारीकर्मी र सञ्चालकहरुलाई कोरोना विरुद्धको खोप तत्काल उपलव्ध गराउन माग गरेको थियो ।

जिल्ला सहकारी संघको टोलीसंगको भेटघाटमा मन्त्री खड्काले खोपका विषयमा प्रदेशको स्वास्थ्य मन्त्रालयसंग कुरा भइरहेको भन्दै छिट्टै निर्णय हुने बताए । 

संघका अध्यक्ष सावित्रा कोइराला नेतृत्वको एक टोलीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एवं प्रवक्ता कुमार खड्कालाई भेटेर खोप माग गरेको हो । 

यस्तै संघले जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा पनि पत्र बुझाउँदै खोप माग गरेको अध्यक्ष कोइरालाले जानकारी दिइन् ।

यसैबीच संघको टोलीले मालपोत कार्यालय लेखनाथमा पुगेर समस्याका बारेमा ध्यानाकर्षण गराएको छ । विशेषगरि दृष्टिवन्धकमा समस्या हुने गरेको भन्दै सहजीकरण गरिदिन माग गरिएको संघका महासचिव एवं युवा सूचना तथा प्रतिनिधि उपसमिति संयोजक दीपकराज बाँस्तोलाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja