अवैध तरिकाबाट ल्याएको जडिबुटी सहित एक युवक पक्राउ
पोखरा
अवैध तरिकाबाट ल्याएको जडिबुटी यार्सागुम्बा, सिलाजित र केशरीसहित प्रहरीले काठमाडौँको नागढुंगा चेकप्वाइन्टबाटजुम्लाका २४ वर्षीय तुला कामीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार काँकडभिट्टाबाट काठमाडौँ आउदै गरेको ना.७ ख २१११ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा कामीका साथबाट ४१२ ग्राम यार्सा, ६५० ग्राम सिलाजित र १ सय ग्राम केशरी बरामद गरिएको हो ।
कामी माथि थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय हात्तीसार पठाइने तयारी भएको एसपी बस्नेतले बताए ।