बागलुङमा भदौ १ गतेसम्म लकडाउन जारी
पोखरा
बागलुङमा आइतबार राति १२ बजेदेखि लागु हुने गरी जिल्ला प्रशासनले लकडाउन जारी गरेको छ ।
बागलुङ नगरपालिका वडा नं १२ र वडा नं १३ (साविक अमलाचौर र पैयूपाँटा गाविस) को क्षेत्र भित्र आज रातको १२ बजेदेखि भदौ १ गते रातको १२ बजेसम्म लागू हुने गरी लकडाउन जारी भएको प्रशासनले जनाएको छ ।
बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीद्धारा जारी लकडाउनमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा र सरकारी सेवाका सवारी बाहेक सबै यातायातका साधन र बजार क्षेत्र बन्द गरिएको छ ।
कालीगण्डकी करिडोर र अन्य सडक मार्गमा चल्ने यातायातका साधन उक्त वडाहरुमा यात्रुहरु चढ्न र झर्न नपाउने गरी संचालन हुन पाउने छन् ।
यसैगरी शैक्षिक संस्थासहितका सेवा तथा स्थलहरु बन्द रहने छन् ।