आज आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकामा सार्वजनिक बिदा
पोखरा
आज तनहुँको व्यासनगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले २७औं विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सार्वजनिक बिदाका अवसरमा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
साथै कोभिड-१९ विरुद्धको खोप लगाउने कार्य भने सञ्चालन रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् ।