महामारीको जोखिमका बीच पनि परीक्षा सञ्चालन गरिएको भन्दै विद्यार्थीको प्रदर्शन



पोखरा

काठमाडौँको बागबजारस्थीत पद्मकन्या क्याम्पसमा परीक्षा केन्द्र परेका विद्यार्थीहरूले मंगलबार कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा सञ्चालन गरिएको भन्दै कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

उनीहरूले नो भ्याक्सीन नो इक्जाम भन्दै नारावाजी गरेका थिए । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

परीक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा कोरोनाको जोखिमको खतरा भएको विद्यार्थीहरूको भनाइ छ । कोरोनाका कारण राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परिक्षा स्थगन गरेपनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja