बागलुङमा भदौ ५ गतेसम्म कडा निषेधाज्ञा, सबै सेवा पूर्ण बन्द
पोखरा
जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बागलुङको बैठकले कोरोना महामारी नियन्त्रणका लागि साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडा लकडाउन घोषणा गरेको छ ।
साउन २९ गते बिहान ५ बजेबाट भदौ ५ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।
विगतमा लकडाउनको समयमा खुलेका सरकारी तथा गैरसरकारी कार्यालय, बैठक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु सार्वजनिक तथा निजी यातायात सबै बन्द रहनेछन् ।
अत्यावश्यक सेवामा लागि सवारी साधन सञ्चालन हुनेछन् । कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले खाद्यान्न पसलहरु पनि आइतबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
लोकसेवा तथा त्रिभुवन विश्वविद्यालयका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने बताइएको छ ।
यस्तो छ सूचना