धनुषामा करेन्ट प्रवाह भई २ जनाको मृत्यु
पोखरा
धनुषामा क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह हुँदाजिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादवको घटनास्थलमै मृत्यु भएकोप्रहरीले जनाएको छ ।
दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बताएको छ ।