लेबनानका आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन: संयुक्त राष्ट्रसंघ
पोखरा
अधिकांश जनसङ्ख्या गरिबीको चपेटामा परेको लेबनानका चरम आर्थिक सङ्कटका कारण आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बनेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।
उनीहरूलाई ‘तत्काल मानवीय सहायता’ को खाँचो रहेको भन्दै राष्ट्रसंघले आवश्यक पहलका लागि विश्व समुदायसँग आग्रह गरेको छ ।
लेबनान १९औं शताब्दीको मध्यपछि अहिले सबैभन्दा खराब वित्तीय मन्दी रहेको विश्व बैंकले बताएको छ । स्थानीय मुद्राको ९० प्रतिशत भन्दा बढी हिस्सा कालोबजारीको कारण थप सङ्कटमा परेको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए)ले गत हप्ता देशको जनसङ्ख्याको ७८ प्रतिशत अहिले गरिबीको चपेटामा परेको बताएको छ । यो अनुपात गत वर्षको तुलनामा ५५ प्रतिशतभन्दा बढी छ ।
अत्यधिक गरिबी लेबनानको जनसङ्ख्याको अनुमानित ३६ प्रतिशत पुगेको ओसिएचएले बताएको छ । आप्रवासन मामिलासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनले मंगलबार प्रवासी कामदारहरूलाई विशेष गरी कडा असर परेकोमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसंघको एजेन्सीका माथियु लुसियानोले भने, “उनीहरूले जागिर गुमाएका छन् र भोकै दिन बिताउनु पर्ने अवस्थामा पुगेका छन् । चिकित्सा उपचारमा जान सक्दैनन् साथै महामारीबाट सुरक्षित महसुस गर्न सक्दैनन् ।”
आईओएमका अनुसार लेबनानमा बसोबास गर्ने दुई लाख १० हजार प्रवासी कामदारहरूमध्ये लगभग उक लाख २० हजारलाई मानवीय सहयोगको खाँचो छ ।
आधिकारिक मूल्य एक हजार ५०० पुगेको लेवनानी मूद्रा कालो बजारी गरी अहिले लेबनानमा २० हजारभन्दा बढीसम्ममा बिक्री हुन्छ । यसले गर्दा तीव्र मुद्रास्फीति बढेको छ ।
-रासस,एएफपी