वैकल्पिक माध्यमबाट परीक्षा चलाऔं-गगन थापा



पोखरा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले परीक्षा केन्द्रहरूमा एकै कोठामा धेरै विद्यार्थी राखिएको, स्वास्थ्य मापदण्डको कडाइका साथ पालना नगरिएकोले कोरोना फैलने जोखिम रहेको भन्दै थापाले यसबारे मंगलबार प्रधानमन्त्री देउवासँग कुराकानी गरेका थिए।

कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला भौतिक उपस्थितिमै त्रिविलगायतका परीक्षा सञ्चालन भइरहेकोले विद्यार्थीको स्वास्थ्य जोखिममा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?,’ थापाले प्रधानमन्त्री देउवासँग भने, ‘कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुनुपर्‍यो। नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाउनुपर्‍यो। तर विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलवाड नगरौं।’

‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन्। एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्,’ थापाले भने।

यसबारे आफूले प्रधानमन्त्रीसँग भेटेर कुरा गरेको थापाले आज बिहान ट्वीट गर्दै उल्लेख गरेका छन्। ‘यस बारेमा हिजो साँझ प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ,’ थापाले भनेका छन्।

सरकारले कक्षा १२ को परीक्षा रोके पनि त्रिविलगायतका परीक्षा भने सञ्चालन भइरहेका छन्। त्रिविले भदौ ५ सम्मका परीक्षाहरू सञ्चालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja