आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा र काका पक्राउ
पर्वत जिल्ला प्रहरीले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा ४४ वर्षीया बुबा र ३६ वर्षीय काकालाई पक्राउ गरेको छ ।
बलात्कार गरेका बुबा र काका विरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।