कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ



पोखरा

नवजात शिशु मारेको अभियोगमा कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की पक्राउ परेका छन् ।

उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टीकामाया अम्गाईँ भन्ने टीका थापाको बयानमा निज सार्कीले नै जबर्जस्ती करणी गरेकाले गर्भ रहन गएको र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja