अवैध हतियारसहित कास्कीको मादी गाउँपालिकाका एक जना पक्राउ
पोखरा
अवैध हातहतियार राखेको भन्ने गोप्य सूचनाका आधारमा कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ थापका २६ वर्षिय कोषबहादुर गुरुङको घरमा खानतलासी गर्दा १६ बोरको दुई नाले भरुवा बन्दुकसहित प्रहरीले गुरुङलाई पक्राउ गरेको छ ।
उनको साथबाट भरुवा बन्दुकको अलावा ५ थान कार्टिज, बारुद अन्दाजी २ सय ग्राम र सिसाको छर्रा १६ वटा बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले विहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीको बुलेटिनमा जनाइएको छ ।