लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेता कुलप्रसाद केसी नियुक्त
पोखरा
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई आज बिहीबार मुख्यमन्त्री नियुक्त गरेका छन् । ४ गठबन्धनकाे समर्थमा केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
केसी नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियक्त भएका हुन् ।
गठबन्धनले आज बिहान ४२ सांसदकाे हस्ताक्षर सहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्री पदमा केसीलाई दाबी पेश गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री केसीलाई ४ बजे प्रदेश प्रमुखकाे कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम रहेकाे प्रदेश प्रमुखकाे कार्यालयले जानकारी दिएकाे छ ।
आजै ५ सदस्य मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा गठबन्धन रहेकाे छ ।