भारतमा पछिल्लो २४ घण्टामा ४० हजारमा कोरोना संक्रमण पुष्टि
पोखरा
भारतमा पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ४० हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४१ हजार ७०९ जनाले कोरोना जितेका छन् ।
दोस्रो धेरै कोरोना भाइरस संक्रमण फैलिएको राष्ट्र भारतमा संक्रमित भन्दा निको हुनेको संख्या बढ्न थालेको छ।
भारतमा पछिल्लो एक साताको तथ्यांक हेर्दा संक्रमणदरमा केही कमी आएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २१ लाख १७ हजार ५२ पुगेको छ ।
४ लाख ३० हजार २८५ जना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म ३ करोड १२ लाख ९४ हजार ३१८ जनाले कोरोनालाई जितेका छन् ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ९२ हजार ४४९ छ । ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर छ ।