आन्दोलनरत ४० जना शिक्षकहरु प्रक्राउ



पोखरा

३४ बुँदे माग राख्दै आन्दोलनमा रहेको नेपाल शिक्षक महामसंघको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेपत गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवासमा धर्ना कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रहरीले पक्राउ गरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई १० बजेदेखि १ बजेसम्म धर्ना दिने उनीहरुको कार्यक्रम थियो । आन्दोलित शिक्षकहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कमलपोखरीस्थित प्रहरी कार्यालयमा राखिएको महासचिव सुवेदीले जानकारी गराए ।

उनले भने, ‘अहिले हामी यहाँ सय जना शिक्षक प्रहरीको नियन्त्रणमा छौं । अन्य विभिन्न स्थानमा साथीहरुलाई प्रहरीले नियत्रणमा लिएको जानकारी प्राप्त भएको छ ।’

गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले गत बैशाखदेखि चरणबद्घ आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja