प्रहरी हुँ भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ
पोखरा
प्रहरी हुँ भन्दै कुटपिट गरी रकम असुलेको आरोपमा प्रहरीले झापा कनकाई नगरपालिका-७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
बिर्तामोड-५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले आफूहरु सादा पोशाकका प्रहरी भएको धम्क्याउँदै राजवंशीको साथमा भएको एक हजार १०० लिएर गएको, साथै साउन १४ गते पुन: उनीहरुले राजवंशीको छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर कुटपिट गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिए ।