पछिल्ला हप्ताहरुमा चौथो वेभ आएको दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढ्दै



पोखरा

पछिल्लो २४ घन्टामा दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित सङ्ख्या बढ्दै गएको देखिएको छ । त्यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढेको देखिएको छ ।

कोरोना भाइरसको चौथो वेभ आएको भनिएको शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप सङ्क्रमण भएको बताइएको छ ।

बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा सङ्क्रमितहरु एक हजार नौ सय ९० जना थपिएका बताइएको छ । योसँगै यहाँका सङ्क्रमितहरुको सङ्ख्या दुई लाख २० हजारजना भन्दा बढी पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि एक हजार ६०० जनामा सङ्क्रमण देखिने गरेको छ ।

बुधबार रातिसम्म यहाँ एक हजार नौ सय ८७ जना सङ्क्रमित थपिएकामा शुक्रबार त्योभन्दा बढी देखिएको हो । यहाँका स्वास्थ्य अधिकारीहरुले अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । त्यहाँ मृत्युदर भने कम रहेको छ । त्यहाँ अहिलेसम्म यो भाइरसबाट दुई हजार एक सय ४४ जनाको ज्यान गएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja