अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन असोज ८ देखि १० गतेसम्म



पोखरा

नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आगामी असोज ८ देखि १० गतेसम्मका लागि हुने भएको छ। क्रान्तिकारीले आइतबार पत्रकार सम्मेलन गर्दै असोज १० गतेसम्मका लागि सम्मेलन तय भएका जानकारी दिएको हो।

क्रान्तिकारीको केन्द्रीय समितिको पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिए।

‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित गर्ने सम्मेलनका लागि वर्तमान केन्द्रीय समिति राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण भएको छ,’ तामाङले भने‚ ‘भाद्र १५ गते सम्ममा इकाई , क्याम्पस, पालिका भेला सम्मेलन गरिसक्ने, भदौ २५ गतेसम्म जिल्लाहरुको भेला तथा सम्मेलन गरिसक्ने तय भएको छ।’

यस्तै‚ भदौ २५ देखि असोज १ गतेसम्म प्रदेश भेला तथा सम्मेलन गरिसक्ने र संगठनको विधानलाई थप व्यवस्थित गर्न भर्चुअल माध्यमबाट विधान सम्मेलन गरिने अध्यक्ष तामाङले बताए।

उनका अनुसार कोभिड कहरलाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनमा आयोजकसहित जम्मा ७९९ जना प्रतिनिधि समावेश गरिनेछ। गत २१ औं राष्ट्रिय सम्मेलनमा २२ सय प्रतिनिधि सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja