नेपालमा पछिल्लो २४ घण्टामा थप २,२१२ जनामा संक्रमण, ३३ को मृत्यु
पोखरा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् ।