पछिल्लो २४ घण्टामा गण्डकीमा थप ३८० जनामा संक्रमण, १२ को मृत्यु



पोखरा

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा आइतबार गण्डकीका १०६८ जनामा गरिएको नमुना परीक्षणमा थप ३८० जनाको जनामा कोरोना पुष्टि भएको छ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७१ जना, तनहुँका पाँच जना, लमजुङका सात जना र नवलपुरका तीन जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ७० जना, पर्वतका ४६ जना, बागलुङका ४७ जना र म्याग्दी जिल्लाका ३१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७५ हजार ६८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६८ हजार ३५६ पुगेको छ।

आइतबार गण्डकीमा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका पाँच जना, पोखरामा उपचाररत स्याङ्गजाका चार जना र कास्की पोखराका तीन जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११९२ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja