स्याङ्जामा भदौ १० गतेसम्म थप निषेधाज्ञा
पोखरा
स्याङ्जा जिल्लामा कोभिड–१९ संक्रमणको नियन्त्रणका लागि भन्दै वैशाख २१ गतदेखि जारी निषेधाज्ञा पुनः १० दिनका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा निषेधाज्ञा थपिए पनि खुकुलो पार्दै लैजाँदा संक्रमणको जोखिम पुनः बढेको छ । जिल्लामा कोभिडको डेल्टा प्लस भेरियन्टसमेट देखिइसकेको छ ।
जारी निषेधाज्ञामा बैंक तथा वित्तिय संस्था स्वास्थ्य सुरक्षामा मापदण्ड पूरा गरी सञ्चालन गर्न पाइने छ भने औषधि र खाद्य सामग्री खरिदका लागि बिहान ५ देखि साँझ ७ बजेसम्म पसल खोल्न पाइने छ । अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ ।