बागमती प्रदेश तरुण विभाग सह–संयोजकमा घिमिरे मनोनित



पोखरा

नेपाली कांग्रेसका युवा नेता तथा मकवानपुर काठमाण्डौँ सम्पर्क समितिका उपाध्यक्ष तेज प्रसाद घिमिरे तरुण विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित भएका छन् ।

नेपाल तरुण विभागको केन्द्रीय निर्णय अनुसार उनलाई विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित गरिएको हो ।

मकवानपुर जिल्ला स्थायी घर भएका घिमिरेलाई पूर्वमन्त्री एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले मनोनित गरेका हुन् । सह– संयोजक घिमिरेले तरुण विभाग बागमती प्रदेशलाई अझै गतिशील तुल्याई युवाको हितका लागि उल्लेख्य काम गर्ने बताएका छन् ।

उनले युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याइने, स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तथा उद्यमशील बनाउन विभिन्न शिपमुलक तामिलको व्यवस्था गर्न पहल गरिने बताए ।

विभागले आगामी दिनमा पनि समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै समाजको समूचित विकासका लागि डटेर काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja