भारतमा थप २४ हजारमा संक्रमण पुष्टि
पोखरा
भारतमा पछिल्लो २४ घण्टामा थप २४ हजार ७२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ४९ हजार ९०० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७६ हजार ५२८ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ४३८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार ११२ पुगेको छ ।