राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी
पोखरा
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दिउँसो १ः१० अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।
दल विभाजनलाई सहज बनाउने गरी मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पु¥याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि कम्तीमा ४० प्रतिशत सदस्य पुगेमात्रै दल फुटाउन पाइने व्यवस्था थियो ।