अफगानी स्थानीय आदिवासीले सीमाक्षेत्र अबरुद्ध गरेपछि पाकिस्तानको व्यापारमा असर
पोखरा
अफगानिस्तानको खुगखेलमा स्थानीय आदिवासीहरुले सीमाक्षेत्र अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प भएको छ ।
अफगानिस्तानको खुगखेलका स्थानीय आदिवासीहरुले तोर्खाम सीमामा प्रदर्शन गर्दै सडक अबरुद्ध गरेपछि पाकिस्तानको व्यापारमा असर पुगेको हो । यसले अफगानिस्तानसँग पाकिस्तानको व्यापारमा असर पुगेको छ ।
क्षेत्रीय सुरक्षा निकायले आफ्ना मुख्य चार बुँदे मागहरु पुरा नगरेसम्म सीमामा प्रदर्शन जारी राख्ने खुगखेलका स्थानीय आदिवासी नेताहरु मुफ्ति इजाज र मिरजुद्दिन खानले चेतावनी दिएका छन् ।
स्थानीय आदिवासी नेताहरुले आफ्नो भूमि लिजमा दिनेबारे फेडरल बोर्ड अफ रिभेन्युसँग सहमति भएको र नेसनल लजिस्टिक सेलले आफ्ना मागहरु पूरा गर्ने प्रतिबद्धता गरे पनि कार्यान्वयन नगरेको गुनासो गरे ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय आदिवासी तथा धार्मिक नेताहरुले लण्दी कोतल बजार क्षेत्रमा जारी प्रदर्शन अवलोकन गर्दै उनीहरुको समर्थन गरेका छन् ।
स्थानीय आदिवासी प्रदर्शनकारीहरुले अफगानी नागरिकहरुहरुलाई छरबागबाट वैकल्पिक बाटो हुँदै तोर्खाम जाने व्यवस्था गरेका छन् । तर, सीमामार्फत अफगानिस्तानसँग हुने पाकिस्तानको व्यापारमा भने असर पुगेको छ ।