पाकिस्तानमा एक पत्रकारमाथि आक्रमण तथा कुटपिट
पोखरा
पाकिस्तान इस्लामाबादमा आफ्नै निवासमा एक पत्रकार तथा ब्लगर असद अलि तुरमाथि आक्रमण तथा कुटपिट भएको छ । पहिचान नखुलेका तीन आक्रमणकारीले उनको अपार्टमेन्टमा कुटपिट तथा यातना दिएको बताईएको छ ।
अनुहारमा मास्क लगाएका ती आक्रमणकारीहरुले तुरलाई चिच्याएमा नसोचेको परिणाम दिने भन्दै धम्क्याएका थिए ।
पाकिस्तानमा पत्रकारमाथि आक्रमणको घटनाहरु दिन प्रतिदिन बढिरहेको छ ।
-स्रोत गल्फ न्युज