झापामा भन्सार छलेर ल्याएको साढे ४ लाख ४४ हजार रुपैयाँ बराबरको औषधि बरामद
पोखरा
सशस्त्र प्रहरीको टोलीले बिहीबार झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाका भन्सार छलेर ल्याएको साढे ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधी बरामद गरेको हो ।
बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।