अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा पोखरामा ३ जना पक्राउ
पोखरा
‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट अवैध रुपमा चन्दा संकलन गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो पोखरा महानगरपालिका -२६ विजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड नगरपालिका -१ निवासी ३४ वर्षीया एलिजा बस्नेतसहित तीन जना छन्।
प्रहरीले उनीहरुबाट ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ वरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।