मलेसियाबाट एकै दिन २४ नेपालीको शव र अस्थु नेपाल आयो
पोखरा
मलेसियाबाट शनिबार एकैदिन रोजगारीको शिलशिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका २४ जना नेपालीको शव र अस्थु नेपाल वायुसेवा निगमको वाइडबडी विमानले नेपालमा ल्याएको छ ।
वैदेशिक रोजगार बोर्डले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ । कोभिडका कारण नियमित उडान हुन नसक्दा शव संकलन गरी एकैपटक ल्याइएको पनि वोर्डले जनाएको छ ।
९ वटा शव विमानस्थलबाटै मृतकका घरसम्म पठाइएको र अस्थु भने सम्बन्धित मृतकका आफन्तलाई डाकेर विमानस्थलमा जिम्मा लगाइने पनि बोर्डले जनाएको छ ।