गण्डकीका १/२ स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना



पोखरा

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सामान्य बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ ।

आज राति प्रदेश नं १,  वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

आउने मंगलबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।

भाद्र ०६ गते आइतबार

दिउँसो- प्रदेश नं १ एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति- प्रदेश नं १,  वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०७ गते (सोमबार)

दिउँसो- प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति- प्रदेश नं २,  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०८ गते (मगंलबार)

दिउँसो- प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति- प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश ,गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja