५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने



पोखरा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ ।

साना पशुपंक्षी तथा मत्स्य व्यवसाय फार्म विस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य पोखरी निर्माणका लागि ७ र माछा मासु तथा डेरी पसल निर्माण सुधारका लागि चार वटा फार्म छनौट भएका हुन् ।

केन्द्रबाट उनिहरुले रु। ५८ लाख पचास हजार अनुदान पाउने भएका छन् । केन्द्रका सूचना अधिकारी तथा पशु सेवा प्राविधिक सुभास रेग्मीले छनौट भएका ५१ वटा फार्मका सञ्चालकसँग अनुदान उपलब्ध गराउने सम्झौता गरिसकेको जानकारी दिए । कुल रु। ५२ लाख पचास हजार बजेट बिनियोजन भएको साना पशुपंक्षी फार्म बिस्तार तथा स्थापना कार्यक्रमका लागि १५८ वटा आवेदन परेको थियो ।

रु.दुई लाख बजेट बिनियोजन भएको नयाँ मत्स्य विकास कार्यक्रम र रु। चार लाख बजेट रहेको माछा मासु तथा डेरी पसल निर्माण सुधार कार्यक्रममा आठ÷आठ वटा आवेदन परेका थिए । बाख्रा, गाईभैँसी, बङ्गुर, कुखुरापालनका पुराना फार्मको क्षमता विस्तार र नयाँ फार्म स्थापना गर्न रु.एक लाख ३२ हजार २५० का दरले अनुदान पाउने केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताए ।

नयाँ मत्स्य पोखरी निर्माणका लागि रु। पचास हजारका दरले र मासु, डेरी पसलले रु। एक लाखका दरले अनुदान पाउने भएका छन् । दूध, माछा, अण्डा उत्पादन बढाएर आत्मनिर्भर बनाउने र पशुपालनतर्फ आकर्षण बढाउन गण्डकी प्रदेश सरकारको योजना अनुसार अनुदान दिन लागिएको हो ।

छनौट भएका सबै फार्मका सञ्चालकलाई अभिमुखीकरण गरिएको थियो । बाँकी कार्यक्रमका लागि पुन सूचना आव्हान गरिएको केन्द्रले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja