एमसीसीविरुद्ध ‘हाम्रो नेपाल हामी नेपाली’ ले बुधबार विरोध कार्यक्रम गर्ने
पोखरा
एमसीसीको विरोधमा ‘हाम्रो नेपाल हामी नेपाली’ ले बुधबार विरोध कार्यक्रम गर्ने भएको छ ।
मंगलबार काठमाडौँमा पत्रकार सममेलन गरी हाम्रो नेपाल हामी नेपाली अभियानले एमसीसीविरुद्ध विरोध कार्यक्रम गर्न लागेको जनाएको हो ।
यो संगठनले सबै स्वतन्त्र नागरिकलाई विरोध कार्यक्रममा उपस्थित हुन पनि आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसीलाई राष्ट्रघाती भन्दै सांसदहरूलाई पारित नगर्न आग्रह गरेका थिए ।