पोखरामा लागु औषध एम्पुलसहित २ जना पक्राउ
पोखरा
पोखरा महानगरपालिका वडा नं -८ नागवेलीटोलको एक घरमा लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थान डेरा गरी बस्ने काले भन्ने पवन पुन र पोखरा -१ घर भइ हाल नागवेली टोल बस्दै आएका ३२ वर्षीय सुजन क्षेत्री रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट लागु औषध फेनारगन १७५ एम्पुल, डाईजेपाम ११५ एम्पुल र नुर्फिन ११८ एम्पुल गरी जम्मा ४०८ एम्पुल लागु औषध र नगद सत्ताईस हजार सहित २ थान मोवाइल वरामद गरेको छ। पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।