र्‍यापर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश



पोखरा

जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीकाे इजलासले मंगलबार लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

उनीसँगै पक्राउ परेका अरु ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।

अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका-२१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका- ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका- ८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja