पोखरामा वालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ
पोखरा
पोखरामा १५ वर्षीया वालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो अन्दाजी २ :३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं -१० निवासी उक्त वालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्रेको हो। यद्यपी पीडित बालिका नावालिका भएको कारण उनको पहिचान खुल्न सक्ने भएकाले पीडकको समेत पहिचान खुलाइएको छैन।
हाल प्रहरी नियन्त्रणमा रहेका युवकमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।