स्याङ्जामा मतदाता परिचयपत्र हराएकाले फागुन २० गते भित्र बनाउन आग्रह



पोखरा

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मतदाता परिचयपत्र हराएका वा नष्ट भएकालाई परिचयपत्र पुन : बनाउन सकिनेगरी समय उपलब्ध गराएको छ। मतदाता नामावलीमा नाम भएका मतदाताका परिचयनपत्र पुनः बनाउन चाहने ब्यक्तिले यही फागुन २० गते भित्र कार्यालयमा पुगी पक्रिया पूरा गर्न आग्रह गरिएको छ। 

निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएमा कार्यालय आएर निवेदन दिन सकिन्छ। कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ। 

कार्यालयका अनुसार आर्थिक वर्ष सुरुदेखि माघ २४ गतेसम्म स्याङ्जामा १८ हजार नयाँ मतदाता  थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथा इलाका प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थानीय तह निर्वाचन घोषणासँगै निर्वाचन आयोगको निर्देशन अनुसार हाल स्थगित छ। 

यसअघि निर्वाचन घोषणाका दिन १८ वर्ष पूरा भएकाले मात्र मतदान गर्न पाउने प्रावधान थियो। तर, अहिले भने मतदानको अघिल्लो दिन अर्थात बैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएकाले किशोर किशोरीले मतदान सक्नेगरी निर्वाचन आयोगले परिपत्र गरेको छ। निर्वाचन आयोगले यसभन्दा अघि निर्वाचनको मिति घोषणा भएको दिनलाई कट अफ डेट तोक्ने परम्परालाई हटाउदै नयाँ ब्यवस्था गरेको हो।  

पछिल्लो मतदाता नामावली अनुसार स्याङ्जामा अनुमानित २ लाख ४२ हजार १२२ मतदाता रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja