भ्रष्टाचार गरेको आरोपमा बाग्लुङ नगरपालिकाका प्राविधिक प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा



पोखरा 

बाग्लुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख दयाराम अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारीविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्राविधि अधिकारीले बाग्लुङ नगरपालिकाले कामै नभएको काममा काम भएको देखाएको, निर्माणाधीन बसपार्कमा कामै नभएकोमा भुक्तानीमा सही गरेको भन्‍दैआयोगले उनलाई ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja