बढिरहेको पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि
पोखरा
लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि हुने सङ्केत देखिएको छ। नेपाल आयल निगमले दिएको जानकारीअनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
आईओसीबाट डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार/चार रुपैयाँ र खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर एक सय रुपैयाँले बढेर आएको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।
नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने छ । यस हिसाबले निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने बताइएको छ।