पोखरामा चक्कु प्रहारबाट ३५ वर्षिय युवकको मृत्यु
पोखरा
पोखरामा चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका २० स्थित मौजामा गए राति १ बजेको समयमा चक्कु प्रहार हुँदा स्थानीय ३५ वर्षका चोकेन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुरुङलाई चक्कु प्रहारबाट गम्भीर घाइते भएको अवस्थामा १:३० बजे उद्धार गरी मणिपाल अस्पताल पोखरामा पुर्याइएकोमा चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
घटनामा संलग्न रहेको आशंकामा दुई जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी तिवारीले पोखरा न्यूजलाई बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेकोले थप जानकारी आउन बाकीं रहेको प्रहरीले जनाएको छ ।