पाेखरामा काेराेनाबाट एक जनाकाे मृत्यु
पोखरा
काेराेना संक्रमणबाट पोखराका एक पुरुषको अस्पतालमा उपचारकाे क्रममा ज्यान गएको छ ।
कास्कीकाे पाेखरा ३१ का ५६ वर्षीय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा शनिबार राति निधन भएकाे हाे ।
प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार उनलाई माघ २६ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
यो सँगै गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट निधन हुनेकाे संख्या १ हजार ४६५ पुगेकाे छ ।