नवलपुरबाट लागु औषधसहित तनहुँका एक किशोर पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागु औषध सहित एक किशोरलाई पक्राउ गरेको छ।

कावासोती नगरपालिका वडा नं -१६ चालिसकिलोबाट लागु औषध नुर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनारगन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल लागु औषधसहित तनहुँ जिल्ला ब्यास नगरपालिका -९ निवासी १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुक्रबार बिहान ना ६ ख ४२१५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्नेक्रममा बसमा सवार ती किशोरको साथबाट उक्त परिमाणको लागूऔषध वरामद भएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja