गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा
पछिल्लो २४ घण्टामा गण्डकीका थप १७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २२० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ६ जना, तनहुँका एक जना, नवलपुरका २ जना, स्याङ्गजाका २ जना, बागलुङका एक जना, म्याग्दीका २ जना र मनाङ जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९२७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ३० संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख २८० पुगेको छ। भने, अहिले प्रदेशभर १८२ सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६५ रहेको निर्देशनालयले जनाएको छ ।