पछिल्लो २४ घण्टामा गण्डकीका थप एक जनामा कोरोना पुष्टि
पोखरा
पछिल्लो २४ घण्टामा गण्डकीका थप एक जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ५२ जनामा गरिएको नमुना परीक्षणमा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । सोमबार संक्रमण पुष्टि हुने एक जना कास्कीका जिल्लाका हुन्। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९८४ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट थप ६ जना संक्रमणमुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५११ पुगेको छ।गण्डकीमा हाल ७ सक्रिय संक्रमित छन्।
संक्रमित सबै होम आइसोलेसनमा छन्। भने, कोरोना संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ ।