पोखराको रामबजारबाट लागु औषध सहित एक युवक पक्राउ
पोखरा
स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका घर भइ हाल पोखरा महानगरपालिका -१० रामबजार बस्दै आएका २७ वर्षीय कुमार गुरुङ अवैध लागु सहित पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गुरुङको साथबाट लागु औषध डाईजेपाम ९ एम्पुल, फेनेरागन ११ एम्पुल र नुर्फिन ९ एम्पुल गरी जम्मा २९ एम्पुल लागु औषध वरामद गरेको हो। उनीमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।