तनहुँमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु
पोखरा
शनिबार राति तनहुँ भानु नगरपालिका–९ डुम्रीखर्कमा ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय २३ वर्षीया एलिना श्रेष्ठको मृत्यु भएको छ ।
हिजो राति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर घाइते भएकी श्रेष्ठको डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।