अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि नेपाललाई
पोखरा
नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेकाे हाे ।
यसअघि पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रन बनाएको थियो नेपालले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयाे । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए ।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।