तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा ७५ वर्षीया वृद्धाको मृत्यु
पोखरा
तनहुँको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया वृद्धा पार्वती रानाभाटको मृत्यु भएको छ ।
हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा पछाडी सवार उनी घाइते भएकी थिइन् ।
उपचारको लागि जिल्ला अस्पताल दमौलीमा पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।