बर्डफ्लु नियन्त्रणका लागि तनहुँमा चितवनबाट कुखुरा, अन्डा ल्याउन रोक
पोखरा
तनहुँ जिल्लामा बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाइएको छ ।
बर्डफ्लु रोग नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो ।चितवनलगायत क्षेत्रमा पन्छीमा बर्डफ्लु संक्रमण देखिएकाले आवश्यक सतर्कता अप्नाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले बताए । पछिल्लो समय चितवनको खैरहनी–२, भरतपुर–८ र भरतपुर–२३ मा रहेका फार्ममा बर्ड फ्लु पुष्टि भएको थियो ।