बन्दीपुर मिनी ग्रेटवालको एक हजार ४०० मिटर कार्य सम्पन्न



पोखरा

तनहुँ बन्दीपुरमा निर्माण गर्न लागेको बन्दीपुर मिनी ग्रेटवालको एक हजार ४०० मिटर कार्य सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका– २ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको चार किलोमिटरमध्ये हालसम्म उक्त दूरीको कार्य पूरा भएको हो । 

चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणमा रु एक करोडको काम भइसकेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । हालै रु पाँच करोडको बोलपत्र परेको छ ।

‘मिनी ग्रेटवाल’ निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ । अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिबारका दिन पर्यटकको बाक्लो भीड लाग्ने गरेको अध्यक्ष थापाले बताए । पछिल्लो समय बाह्य पर्यटकको समेत चहलपहल बढ्न थालेको छ । पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु सात करोड विनियोजन भएको छ । 

नेपाल सरकारको रु चार करोड ५५ लाख नेपाल सरकारको र गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको जनाइएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटल लगायतका संरचना निर्माण गर्ने योजना छ ।

डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृंखला, पहाड र टाकुरा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja