पोखरामा जेठ देखि नवौँ राष्ट्रिय खेलकुद हुने
पोखरा
आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गर्नुभएकाे हाे । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ ।
मन्त्री गहतराजले लेखेका छन्- नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता” आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐेतिहासिक निर्णय गरेको छ।
यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम नेपालगंजमा आयोजना भएको थियो ।